दार्चुलाका ६ हजार घरधुरीमा विद्युत सेवा पुग्न बाँकी

दार्चुला । दार्चुलाका करिब ६ हजार घरधुरीहरुमा विद्युत सेवा पुग्न बाकी रहेको छ । जिल्लाभरी कुल २९ हजार घरधुरी मध्ये अझै ६ हजार घरधुरीमा विद्युत सेवा पुग्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख रोशनकुमार ठाकुर अनुसार अघिल्लो वर्ष २०८१–८२ मा १९ हजार ९४० रहेको विद्युत ग्राहक संख्या आर्थिक वर्ष २०८०–८१ मा १८ हजार ५५२ रहेको बताए ।

आर्थिक वर्ष २०८२–८३ मा ३ हजार ७७ ग्राहक थपिएको उनले बताए । असार मसान्तसम्मको अवधिमा दार्चुला जिल्लाभरी विद्युत ग्राहक संख्या २३ हजार १७ पुगेको छ । अघिल्लो वर्ष २०८१–८२ सम्म यो संख्या १९ हजार ९४० थियो ।

विद्युतका २२ हजार ७०१ ग्राहक मिटर रिडिङमा समेटिएको वितरण केन्द्र प्रमुख ठाकुरको भनाई छ । दार्चुलामा ३१६ नयाँ ग्राहकले मिटर जडान भइसके पनि मिटर रिडिङ सुरु भइसकेको छैन । जेठ र असार महिना थपिएका नयाँ ग्राहकको मिटर रिडिङ बाँकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.