भोली शिखर पूजन जात्रा लाग्दै, दुई स्थानीय तहले दिए सार्वजनिक बिदा

दार्चुला । भोली शैल्य मालिकार्जुन शिखर धुरामा पुजन जात्रा लाग्दै छ । जिल्लाको शैल्यशिखर नगरपालिकाले सो जात्राको अवसरमा साउन १२ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज नगरपालिकाले एक सुचना जारी गर्दै मालिकार्जुन देवताको पुजन जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने भएकोले बिदा दिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिए । नगरपालिकाले सार्वजनिक बिदाका दिन सम्पुर्ण सरकारी कार्यालय बन्द रहने जनाएको छ ।

यसैबिच शिखर पूजन जात्राका अवसरमा मालिकार्जुन गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा असार १२ गते मंगलबार बिदा दिएको गाउँपालिकाले सूचना मार्फत जानकारी गराएको छ ।

हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ । शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको यहाँका स्थानीयवासी बताउँछन् ।

 

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.