दार्चुला।
दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–६, मिलमिली निवासी दिपक राज बिष्ट क्यान्सर रोगसँग संघर्षरत रहेको जनाइएको छ। परिवारका अनुसार उहाँको हालसम्म तीन पटक शल्यक्रिया भइसकेको छ भने थप उपचारका लागि आवश्यक आर्थिक स्रोतको अभाव भएपछि सहयोगको सार्वजनिक अपिल गरिएको हो।
परिवारले उपचारलाई निरन्तरता दिन ठूलो आर्थिक भार परेको भन्दै स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न अनुरोध गरेको छ। सानो–सानो सहयोगले पनि बिरामीको उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास परिवारको छ।
नेपालबाट सहयोग गर्न चाहनेहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) मा रहेको दिपक राज बिष्टको नामको खाता नम्बर 13005300007955 मा रकम जम्मा गर्न सक्ने जनाइएको छ। त्यसैगरी भारतमा रहेका सहयोगदाताका लागि प्रवेश सिंह धामीको 50100478384812 नम्बरमा Google Pay वा PhonePay मार्फत सहयोग गर्न सकिने बताइएको छ।

परिवारले सहयोग गरेपछि भुक्तानीको स्क्रिनसट मेसेन्जरमार्फत पठाइदिन समेत अनुरोध गरेको छ।
