हरमित जनकपुर बोल्ट्सको कप्तान

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्ने भएका छन् ।

जनकपुरले शनिबार आफ्नो समाजिक सञ्जालमार्फत हरमितलाई अनुबन्धन गरेको जानकारी दिएको हो ।

जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारी पनि दिएको छ । स्पिनर हरमितले पछिल्ला दुई संस्करण सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

हरमितले पहिलो संस्करणमा खेलबाट आठ विकेट लिनुका साथै २८ रन बनाएका थिए ।

दोस्रो संस्करणमा उनले नौ खेलमा १३३ रन बनाउनुका साथै १२ विकेट लिएका थिए ।

हरमितले अमेरिकाबाट २९ एकदिवसीय अन्तर्राष्ट्रिमा ३९ विकेट तथा २९ टी–२० अन्तर्राष्ट्रियमा ३१ विकेट लिएका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.