बैतडीमा सडक खन्दै गर्दा खसेको पहिरोले जिपमा क्षति

दार्चुला –बैतडीमा सडक खन्दै गर्दा माथिबाट खसेको पहिरोले जिपमा क्षति पुगेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ टिचोरामा सडक निर्माण गर्ने क्रममा आज माथिबाट खसेको पहिरोले म १ ज ३३१ नम्बरको जिपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बतानुभयो ।

महाकाली कोरीडोर अन्तर्गत सडक निर्माणका लागि डोजर बोकेको टेलर बीचबाटोमै बिग्रेको र बाटो खुलाउनका लागि डोजरले सडक खन्दा पछाडि रहेको जिपमा पहिरो खसेको हो ।

जिपको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छभने सो दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिप चालकलाई समान्य चोट लागेको स्थानीयहरुले बताएका छन ।

 

Leave A Reply

Your email address will not be published.