दार्चुलामा एक महिनामा विपद्जन्य घटनाबाट ३ जनाको मृत्यु, ८ जना घाइते

दार्चुला । दार्चुलामा गएको एक महिनामा विपद्जन्य घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सह–प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्रसिंह बुढाथोकीका अनुसार साउन महिनामा विभिन्न पाँच प्रकारका विपद्जन्य घटना भएका थिए। ती घटनामा परी ३ जनाको मृत्यु र ८ जना घाइते भएका हुन्।

साउन महिनामा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ भने पानीमा बगेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस अवधिमा चट्याङको एक, जंगली जनावरको आक्रमणका तीन र पहिरोका पाँच घटना भएका छन्। पहिरोमा परी ३ जना घाइते भएका छन्। यस्तै, जंगली जनावरको आक्रमणबाट एक जना र चट्याङ लागेर ३ जना घाइते भएका छन्।

विपद्मा परेका ८ जनालाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। साउन महिनामा पहिरोका कारण २ चौपायाको मृत्यु भएको, २ घर पूर्ण रूपमा क्षति भएको र ३ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। जंगली जनावरको आक्रमणबाट थप ३ चौपायाको मृत्यु भएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.