दार्चुलामा भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे

दार्चुलामा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका-४, मल्लो काँडापारीकी १९ वर्षीया ललिता ठगुन्नाको मृत्यु भएको हो।

शनिबार घाँस काट्ने क्रममा सोही ठाउँस्थित भिरबाट लडेर करिब २ सय मिटर तल खसेकी ठगुन्ना गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.