कैलालीमा बसकाे ठक्करबाट एक महिलाको मृत्यु

दार्चुला । कैलालीको अत्तरियामा बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको बसले ठक्कर दिँदा गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहराको मृत्यु भएको हो ।

अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको बसले किचेको हो ।

बस चालक दार्चुलाको मालिकार्जुनका रोहितसिंह धामीलाई नियन्त्रणमा लिइएको छ । स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.