गोकुलेश्वरमा २५ लाख लगानीमा ‘ड्रीम रेष्टुरेण्ट एण्ड कफी शप’ सञ्चालन

दार्चुला । गोकुलेश्वरमा आधुनिक आतिथ्य तथा खानपान सेवा दिने उद्देश्यसहित ‘ड्रीम रेष्टुरेण्ट एण्ड कफी शप’ सञ्चालनमा आएको छ।

स्थानीय युवाहरूको संयुक्त लगानीमा करिब २५ लाख रुपैयाँ खर्चेर रेष्टुरेण्ट तथा कफी शप सञ्चालनमा ल्याइएको हो। अपिहिमाल बेस क्याम्पतर्फ जाने प्रमुख प्रवेशद्वारका रूपमा परिचित गोकुलेश्वरमा स्थानीय बासिन्दादेखि पर्यटकसम्मलाई लक्षित गरी व्यवस्थित र आधुनिक सेवा सुरु गरिएको सञ्चालक राजेन्द्र पन्तले जानकारी दिए।

उनका अनुसार जिज्ञासु खत्री, राजेन्द्र पन्त, पर्यटन अभियन्ता हिमालय भट्ट, दिपेन्द्र रावल र रामदत्त बिष्टको संयुक्त लगानीमा रेष्टुरेण्ट सञ्चालनमा आएको हो।

रेष्टुरेण्टको मुख्य आकर्षणमध्ये कफी सेवा पनि रहेको छ। सञ्चालकका अनुसार जिल्लामै पहिलोपटक व्यावसायिक कफी मेसिनमार्फत विभिन्न स्वादका कफी उपलब्ध गराइनेछ।

रेष्टुरेण्टमा विभिन्न प्रकारका खाना तथा खाजा, १० प्रकारका चिया, चिसो तथा तातो पेय पदार्थ, आइसक्रिमलगायतका परिकार उपलब्ध हुनेछन्। ग्राहकको रुचि र आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा परिकार तथा सेवामा थप विविधता ल्याउने तयारी गरिएको सञ्चालक पन्तले बताए।

रेष्टुरेण्टले गोकुलेश्वरका स्थानीय बासिन्दा, कर्मचारी, विद्यार्थी, व्यवसायी, पर्यटक तथा विभिन्न कामका सिलसिलामा बजार पुग्ने आगन्तुकलाई लक्षित गरेको छ।

पछिल्लो समय अपिहिमालसहित दार्चुलाका विभिन्न पर्यटकीय गन्तव्यतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जाँदा गोकुलेश्वरमा गुणस्तरीय खानपान तथा आतिथ्य सेवाको आवश्यकता पनि बढ्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा दिने उद्देश्यले रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.