दार्चुलामा मलेप गर्ने तयारी, अनियमितता भएको प्रमाण भए बताउन आग्रह

दार्चुला । दार्चुलामा महालेखा परीक्षकको कार्यालयका निर्देशकद्वय संगिता फुयाल र रामबाबु पन्तको नेतृत्वमा सरकारी कार्यालय तथा स्थानीय तहको अन्तिम लेखापरीक्षण गर्न अडिटरहरूको टोली आइपुगेको छ।

महालेखा परीक्षणको कार्यालयबाट आएको टोलीले जिल्लास्थित सबै कार्यालय र नौँ वटै स्थानीय तहको वार्षिक लेखापरीक्षणको तयारी गरिरहेको हो।

लेखापरीक्षणका क्रममा आर्थिक अनियमितता, बेरुजु, नियमविपरीत खर्च वा सार्वजनिक स्रोतको दुरुपयोग भएको जानकारी भए प्रमाणसहित उपलब्ध गराउन आग्रह गरिएको छ।

दार्चुलामा २८ संघीय, ११ प्रदेश अन्तरगतका कार्यालय र ९ स्थानीय तह गरी ४८ सरकारी कार्यालय तथा निकायको महालेखापरीक्षण गरिने बताइएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.