रसुवा बाढी: दार्चुलाका जयधन जोशी बाढीपछि सम्पर्कविहीन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा ८ का स्थानीय जयधन जोशी भीषण बाढी आएपछि सम्पर्कविहीन भएका छन्।

अपर त्रिसुली हाइड्रोपावरमा कार्यरत जोशी सम्पर्क विहिन भएको परिवारबाट प्रशासनमा जानकारी आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार उनीसंगै रहेका अन्य ६,७ जना शैल्यशिखरकै स्थानीयहरु सकुशल रहेको पनि परिवारिक स्रोतबाट खुल्न आएको बताएका छन् ।

बाढीका कारण ठूलो क्षति पुगेको उक्त क्षेत्रमा उनको खोजी कार्य र सम्पर्कको प्रयास जारी राखिएको छ, तर अहिलेसम्म बेपत्ता जोशीकोे स्थितिबारे यो समाचार तयारपार्दा सम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.