रसुवा बाढीमा दार्चुलाका तीन जना सम्पर्कविहीन

दार्चुला । रसुवामा आएको भीषण बाढीपछि कामको सिलसिलामा रसुवा पुगेका दार्चुलाका तीन जना सम्पर्कविहीन भएका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि परिवारजनले खोजतलासका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार सम्पर्कविहीन हुनेमा शैल्यशिखर नगरपालिका–८ का दुई जना र दुहुँ गाउँपालिका–५ का एक जना रहेका छन्।

सम्पर्कविहीन हुनेमा शैल्यशिखर नगरपालिका–८ का जयधन जोशी, सोही ठाउँका नरेश दत्त जोशी र दुहुँ गाउँपालिका–५ का विकास ठकुरी रहेका छन्।

प्रजिअ पौडेलका अनुसार जयधन जोशी अपर त्रिशूली हाइड्रोमा कार्यरत थिए। नरेश दत्त जोशी रसुवा भन्सार कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। त्यस्तै, विकास ठकुरी मैलुङ हाइड्रोपावरमा नेपाली सेनामा कार्यरत रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेकाले परिवारजनले तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग पहल गर्न प्रशासनलाई आग्रह गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.