बैतडीकी सशस्त्र प्रहरी जवान विनिता बोहरा सम्पर्कविहीन

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका घर भएकी सशस्त्र प्रहरी जवान विनिता बोहरा रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकी छन्।

बाढीपछि बोहरासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। उनको अवस्था हालसम्म अज्ञात रहेको र खोजीका लागि सहयोग गरिदिन परिवार तथा आफन्तले आग्रह गरेका छन्।

रसुवामा आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै धेरै व्यक्ति सम्पर्कविहीन भएका छन्। यही क्रममा बोहरा पनि सम्पर्कविहीन भएकी हुन्।

बोहरालाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिले सम्बन्धित निकाय वा परिवारलाई जानकारी गराइदिन अनुरोध गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.