दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–४, दह घर भई हाल नेपाली सेनाको श्रीनाथ गणमा दरबन्दी रहेका तथा सुरक्षा बेस टिमुरे, रसुवामा इन्चार्जका रूपमा कार्यरत सहायक सेनानी देवसिंह धामी रसुवा बाढीपछि सम्पर्कविहीन भएका छन्।
बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सहायक सेनानी धामीसँग सम्पर्क हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ।
बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति भएको र धामीको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।
परिवारजनले उहाँको सकुशल उद्धार तथा खोजीका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। यो संगै दार्चुलाबाट रसुवा बाढीबाट सम्पर्क विहिन हुनेहरुको संख्या ४ पुगेको छ ।
