रसुवाको भोटेकोशी बाढीमा परेका दार्चुलाका ८ जनाको उद्धार

दार्चुला । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेका दार्चुलाका ८ जनाको उद्धार गरिएको छ। शैल्यशिखर नगरपालिका घर भएका उनीहरूलाई रसुवाबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धार गरिएकामा शैल्यशिखर नगरपालिका निवासी ४२ वर्षीय चन्द्रबहादुर खडायत, ४६ वर्षीय सबिर खडायत, २९ वर्षीय सम्भु खडायत, २४ वर्षीय धिकबहादुर खडायत, ३९ वर्षीय बसन्त खडायत, ४१ वर्षीय दानबहादुर खडायत, २० वर्षीय शशी खडायत र ४८ वर्षीय लालबहादुर खडायत रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई रसुवाबाट सुरक्षित रूपमा उद्धार गरिएको हो। दार्चुलाका थप केही व्यक्ति पनि सुरक्षित अवस्थामा रहेको बताइएको छ।

यद्यपि, रसुवाको भोटेकोशी बाढीपछि दार्चुलाका अझै चार जना सम्पर्कविहीन अवस्थामा रहेका छन्। उनीहरूको खोजी तथा अवस्थाबारे थप विवरण प्राप्त हुने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.