रसुवा बाढीपछि सुदूरपश्चिमका १ सय ४० जना अझै सम्पर्क विहिन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका १ सय ४० जना अझै सम्पर्कविहीन रहेका छन् ।

बाढीपछि सुदूरपश्चिमका १ सय ७६ जना सम्पर्कविहीन भएकोमा ३६ जना परिवार तथा प्रहरीको सम्पर्कमा आइसकेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले बाढीपछि सम्पर्कविहीन भएका १ सय ७६ जनामध्ये ३६ जना सम्पर्कमा आएको जानकारी दिए ।

अझै सम्पर्कविहीन रहेका १ सय ४० जनाको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप विवरण संकलन तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.