रसुवा बाढी प्रभावित १२ जनालाई घर फर्काउन वडाध्यक्षको एक लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित शैल्यशिखर नगरपालिका–१ का १२ जनालाई घर फर्काउन वडाध्यक्ष भरतबहादुर खडायतले एक लाख रुपैयाँ सहयोग पठाउनुभएको छ।

हाल शैल्यशिखर नगरपालिकाको खाता बन्द रहेकाले नगरपालिकासँगको समन्वयमा चन्द्रबहादुर खडायतको खातामा उक्त रकम पठाइएको वडाध्यक्ष खडायतले बताए । नगरपालिकाको खाता सञ्चालनमा आएपछि उक्त रकम मिलान गर्ने गरी तत्काल सहयोग गरिएको उनको भनाइ छ।

विपद्का बेला आफ्ना नागरिकको दु:खमा साथ दिनु आफ्नो कर्तव्य भएकाले घर फर्काउन सहयोग गरिएको वडाध्यक्ष खडायतले बताए ।

बाढी प्रभावित क्षेत्रबाट सकुशल उद्धार गरिएका १२ जनामा मदन खडायत, चन्द्रबहादुर खडायत, शविर खडायत, धिर्कबहादुर खडायत, लालमनी खडायत, शम्भु खडायत, सुरेन्द्रबहादुर खडायत, पानबहादुर खडायत, गणेश खडायत, बसन्त खडायत, श्रवण तितरा र शशि खडायत रहेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.