पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध (भिडिओसहित)

दार्चुला । महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्डको पनेबाजमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

सोमबार दिउँसो  सडक माथिबाट पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो। पहिरोका कारण छोटो तथा लामो दूरीका सवारीसाधन पहिरो नजिकै रोकिएका छन्।

माथिबाट निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन तत्काल सफाइ गर्न समस्या भइरहेको मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज नागेन्द्र क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.