दार्चुलामा ४० जना एचआइभी संक्रमीत

दार्चुला – दार्चुलामा एक बर्षको अवधिमा एचआइभी संक्रमित नभेटिएको पाइएको छ ।

अहिलेसम्म जिल्लामा ४० जनामा एचआईभीको संक्रमण रहेको छ भने ति मध्ये ५ जना व्यक्तिको मृत्युभैसकेको जिल्ला अस्पताल दार्चुलाका एआरटि काउन्सलर लोकेन्द्र सिह धामीले दिएको जानकारी दिनुभयो ।

दार्चुलामा सबै भन्दा बढी मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा समान १० ÷१० जनामा एचआइभी देखिएको छ भने यस्तै महाकाली नगरपालिकामा ८ जना लेकम गाउँपालिकामा ७ जना मार्मा गाउँपालिकामा ४ तथा दुहुँ गाउँपालिकामा १ जना गरी ४० जनामा एचआइभी देखिएको अस्पताल दार्चुलाका एआरटि काउन्सलर लोकेन्द्र सिह धामीले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको अपि हिमाल गाउँपालिका नौगाड गाउँपालिका तथा व्यासँ गाउँपालिकामा एचआइभी संक्रमितहरु शुन्य रहेको बताइएको छ । चालु आर्थिक वर्षको हाल सम्म दार्चुलामा एचआइभी संक्रमित नभेटिएको पाइएको छ । दार्चुलामा संक्रमितहरुको संख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको जानकारहरु बताउँछन् । एच.आई.भी सङ्क्रमणबाट बच्न सुरक्षित यौन सम्पर्क गर्ने, कण्डमको प्रयोग गर्ने तथा एच.आई.भी सर्ने तरिकाबाट जोगिन सके यो रोग सङ्क्रमण बाट मात्रै जोगिन सकिने धामीको भनाई छ । मजदुरीका लागि भारत जाने पुरुषहरुले त्यहाँ असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भई घर आउदा श्रीमती र जन्मने बच्चामा पनि एचआईभिको संक्रमण फैलने गरेको जिल्ला अस्पताल दार्चुलाका एआरटि काउन्सलर धामीले बतानुभयो ।

health
Leave A Reply

Your email address will not be published.