बैतडीको झुलाघाट क्षेत्र पहिरोको जोखिममा

बैतडी–नेपाल– भारत जोड्ने सीमानाका बैतडीको झुलाघाट क्षेत्र पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण बजार नजिकैको सडकमाथिबाट लगातार पहिरो खसीरहेकाले पछि बजार क्षेत्र जोखिममा परेको हो ।

गएरातिदेखि निरन्तर वर्षा भइरहेका कारण झुलाघाट बजार नजिकैको सडकमा माथिबाट पहिरो खसीरहेको स्थानीयहरुले बताएका छन् ।

लगातारको बर्षाले सडकमाथिबाट पहिरो खसीरहेकाले सडक र बजार क्षेत्र पहिरको जोखिममा परेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।

सडकमाथिबाट निरन्तर पहिरो खसीरहेकाले आवतजावतमा सहजता ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । मानिसहरुलाई आवतजावतमा सहज होस् भनेर सुरक्षाकर्मीहरुले रातो र सेतो झण्डा प्रयोग गरिरहेका छन् । जोखिम कम भएको समयमा सेतो झण्डा देखाएर वारपार गर्न दिइएको छ भने जोखिम बढेको बेला रातो झण्डा देखाएर आवतजावतमा रोक लगाइएको बताइएको छ ।

वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.