भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो,४ हजार ६ सय ६ जना अझै बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ५८ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न स्थानबाट फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका २३२ महिला ३७१ पुरुष छन् भने ३९० आंशिक अंग फेला परेका छन्।

पहिचान खुलेका ५८ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ भने पहिचान नखुेलका ६८४ बेवारिसे अवस्थाका शव जमिनमुनि व्यवस्थापन गरिएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार हालसम्म ५८० विदेशीसहित ४ हजार ५३० जनाको उद्धार गरिएको छ भने ४ हजार ६ सय ६ जना अझै बेपत्ता तथा सम्पर्कविहीन रहेका छन्।

धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका होल्डिङ सेन्टरमा उद्धार गरिएका ३ हजार ४५३ जनालाई राखिएको छ। बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ प्रहरी परिचालित छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.