काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । सुनको मूल्य एकैदिन तोलामा ८ हजार ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ थियो ।
बुधबार सुनको मूल्य ३ लाख रुपैयाँभन्दा तल झरेको हो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।
