भोटेकोशीका वाढीपीडितलाई उत्तराखण्डका मन्त्री सतपाल महराजजीद्वारा आर्थिक राहत

कञ्चनपुर ।

भोटेकोशी त्रिशुलीका वाढीपीडितलाई राहत, उद्दारका लागि भारत उत्तराखण्डका एक मन्त्रीले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन ।

उत्तराखण्डका मन्त्री सतपाल महाराजजीले छिमेकी नेपालका वाढीपीडितलाई आर्थिक सहयोग गरेका हुन ।

मानव धर्म सेवा समितिका संस्थागत, आध्यात्मिक धार्मिक गुरु समेत रहेका महाराज नीले आफ्नो व्यक्तिगत तर्फबाट १०लाख, १६ हजार रुपैया सहयोग गरेका छन ।

उनले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्दै भारतका लागि नेपाली कावा राजदुत सुरेन्द्र थापालाई चेक हस्तान्तरण गरेका छन । महराज जीले छिमेकी देशमा संकट पर्दा सक्दो सहयोगको बाचा गरेका छन ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.