बाढीमा परेको ११ दिनपछि माथिल्लो त्रिशुली १ बाट चिनियाँ नागरिकको जीवितै उद्धार

काठमाडौं : माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप (डिजास्टर) विज्ञ टोलीको संयुक्त  ती नागरिकको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो।

उद्धार गरिएलगत्तै चिनियाँ नागरिकलाई थप उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशुलीस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ ल्याइँदैछ। बाढीका कारण विगत ११ दिनदेखि टनेल भित्रै सम्पर्कविहीन बनेका उनको स्थितिबारे थप विवरण आउन बाँकी छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.