दार्चुला । दार्चुलामा गत भदौ महिनामा १४ जना मानिस हराएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एक महिनाको अवधिमा सात महिला, दुई पुरुष, तीन बालक र दुई बालिका हराएका हुन् ।
प्रहरीका अनुसार हराएका १४ जनामध्ये ११ जनालाई फेला पारिएको छ भने तीन जना अझै फेला पर्न सकेका छैनन् ।
हराउनेमध्ये सात महिला रहेकोमा चार जना मात्रै फेला परेका छन् । बाँकी तीन जना महिला अझै बेपत्ता रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, हराएका दुई पुरुष, तीन बालक र दुई बालिका गरी सातै जनालाई प्रहरीले फेला पारेको जनाएको छ ।
प्रहरीको तथ्यांकअनुसार भदौ महिनामा हराएका व्यक्तिमध्ये सबै पुरुष, बालक र बालिका फेला परेका छन् भने तीन महिला अझै फेला पर्न बाँकी छन् ।
