लेकम गाउँपालिकामा शुक्रबार देखि मतदाता नामावली संकलन गरिने

दिपक साउद

दार्चुला । आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनलाई लक्षित गरेर दार्चुलाको लेकम गाउपालिकामा पनि फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य भोली( शुक्रबार) देखि हुने भएको छ ।

गाउँपालिकामा मङ्सिर १७ गतेदेखि २६ गते सम्म १० दिन सम्म गाउँपालिका भरि रहेका १६ बर्ष माथिका नागरिकको नामावली सङ्कलन सञ्चालन गरिने लेकम गाउँपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिक्रत नारायण दत्त भट्टले जानकारी दिनुभयो ।

नामावली सङ्कलनकालागी दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाइएको छ । फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यकोलागी गाउँपालिकामा तीन जना कर्मचारी र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइने भट्टले जानकारी दिनुभयो ।

१६ बर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाण पत्र लिएका नागरिकलाई नागरिकताको सक्कलै प्रमाण पत्र सहित तोकेको स्थानमा गइ मतदाता नामावलीमा नाम समावेस गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

 

तपाइको नाम समावेस छ कि छैन हेर्नुस । 

Leave A Reply

Your email address will not be published.