काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बिचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहले जानकारी दिए।
वक्ताहरूको क्रमअनुसार सम्बोधनको समय केही अगाडि वा पछाडि हुन सक्ने जनाइएको छ। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह बुधबार राति अमेरिका पुगेका थिए। उनी असोज १० गते स्वदेश फर्किनेछन्। याे प्रधानमन्त्रीकाे पहिलाे विदेश भ्रमण हाे।
