अपी–नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका चार रेञ्जरको सरुवा

दार्चुला । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अपी–नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलामा कार्यरत चार जना रेञ्जरको सरुवा गरेको छ ।

विभागले असोज १३ गते गरेको निर्णयअनुसार राजपत्र अनंकित प्रथम श्रेणीका रेञ्जरहरूको सरुवा गरिएको हो । विभागले सार्वजनिक गरेको सरुवा विवरणमा ८९ जना कर्मचारी समेटिएका छन् ।

सरुवा विवरणअनुसार अपी–नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलामा कार्यरत अरुण चौधरीको बर्दिया राष्ट्रिय निकुञ्जमा सरुवा भएको छ । यस्तै मनोज अवस्थी, मान सिंह महर र सूर्यबहादुर चन्दको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मझगाउँ, कञ्चनपुरमा सरुवा गरिएको छ ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा कार्यरत निमबहादुर चौधरी अपी–नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला आउने भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट अनिलकुमार राम पनि नयाँ रेञ्जरका रूपमा दार्चुला आउने भएका छन् ।

विभागले सार्वजनिक गरेको सरुवा सूचीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगै विभिन्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष तथा संरक्षण क्षेत्रका कार्यालयमा कार्यरत रेञ्जरहरू समेटिएका छन् ।

सरुवा विवरणमा कर्मचारीको नाम, संकेत नम्बर, सेवा, समूह, श्रेणी तथा पद, हाल कार्यरत कार्यालय र सरुवा गरिएको कार्यालय उल्लेख गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.