प्रदेशसभा क्षेत्र नं. २(ख) मा प्रकाश विष्ट विजयी

दार्चुला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दार्चुलाको प्रदेशसभा क्षेत्र नं. २(ख) मा प्रदेश प्रतिनिधि खुलातर्फ प्रकाश विष्ट विजयी भएका छन्।

प्रदेश प्रतिनिधि खुलातर्फ भएको निर्वाचनमा विष्टले २७३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कृष्ण सिंह रावलले ८४ मत प्राप्त गरे।

निर्वाचनमा ३६५ मत खसेकोमा ३५७ मत सदर भएको थियो भने ८ मत बदर भएको निर्वाचन परिणाममा उल्लेख छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.