यस वर्ष दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको बडादशैंअन्तर्गत विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको शुभसाइत रहेको छ। टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति तथा लगाइदिने व्यक्ति दुवैले पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ।

यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको समितिले जनाएको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिको भनाइ छ।

असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा फेर्दा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ। त्यसैगरी असोज ३१ गते शनिबार फूलपाती परेको छ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०:३९ बजे रहेको छ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ। कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन हो। सो दिन बिहान ८:४९ बजे देवी विसर्जन र बिहान १०:२६ बजे टीका लगाउने उत्तम साइत रहेको छ।

सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०:५१ बजे र स्थिरासनको शुभसाइत दिवा ११:५२ बजे रहेको छ। यस दिन खड्गयात्रासमेत हुनेछ।
दशैंको अन्तिम महत्वपूर्ण पर्वका रूपमा कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.