अपिहिमालमा चाडपर्व लक्षित सहुलियत, चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा दसैँ तथा तिहारलाई लक्षित गर्दै खाद्य वस्तुमा सहुलियत दिइएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चाडपर्व सहुलियत छुट कार्यक्रमअन्तर्गत चामलमा प्रतिकिलो ५ रुपैयाँ र चिनीमा प्रतिकिलो ११० रुपैयाँ छुट दिइएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो कार्यालय खण्डेश्वरी, दार्चुलामार्फत असोज २२ गतेदेखि लागू हुने गरी सहुलियतमा खाद्यान्न बिक्री वितरण सुरु गरिएको अपिहिमाल गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार चाडपर्वको समयमा सर्वसाधारणलाई खाद्यान्न खरिदमा राहत पुर्‍याउने उद्देश्यले सहुलियत कार्यक्रम सञ्चालन गरिएको हो। दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा चामल र चिनी छुट मूल्यमा उपलब्ध गराइनेछ।

गाउँपालिकाले सहुलियतको लाभ लिन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र साथमा लिएर आउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.