के डेल्टा भेरियन्ट भन्दा बढी खतरनाक छ ‘ओमिक्रोन’ ?

दार्चुला   – प्राणघातक कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को बारेमा विश्वभर चर्चा भइरहेको छ । ‘ओमिक्रोन भेरियन्ट’लाई लिएर विभिन्न शंका र सवालहरु उठिरहेका छन् । दक्षिण अफ्रिकामा अनुसन्धानकर्ताहरुले २४ नोभेम्वर, २०२१ मा कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन (९बी.१.१.५२९) पत्ता लगाएका थिए ।

त्यसको दुई दिनपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टलाई अझ बढी संक्रामक भएको भन्दै चिन्ता ब्यक्त गरेको थियो । ओमिक्रोन कोरोना भाइरसको अन्य स्वरुपहरुको तुलनामा निकै फरक छ, किनभने यो सार्स–सीओवी–२ को सबै भन्दा बढी परिवर्तित स्वरुप हो । यसको आनुवंशिक संरचनामा कुल ५३ उत्परिवर्तन (म्युटेशन) हुन्छ ।

स्पाइक प्रोटिन सार्स–सीओवी–२ भाइरसको बाहिर निस्किएको गाँठो हो, जसले कोशिकाहरुमा टाँसिन मदत गर्छ । यदि कोरोना भाइरसको अन्य स्वरुपसँग तुलना गर्ने हो भने डेल्टा स्वरुपमा ९ म्युटेशन थियो । ओमिक्रोनमा बढी उत्परिवर्तन हुनसक्ने आँकलन गरिएको छ, जुन निकै संक्रामक हुने आँकलन गरिएको छ । जसको कारण पनि ओमिक्रोन चिन्ताजनक मानिएको छ ।

के ओमिक्रोन स्वरुपमा बढी उत्परिवर्तन हुन्छ रु, यो डल्टा भेरियन्ट भन्दा बढी खतरनाक र संक्रामक हुन्छ रुलगायतका प्रश्नहरुको हालसम्म पनि जवाफ नभएको बताइएको छ । यस स्वरुपको उद्गमको स्थिति अझैँपनि स्पष्ट छैन, तर यसमा उत्परिवर्तनको संख्या भने असामान्य छ ।

अनुसन्धानकर्ताहरुका अनुसार सार्स सीओवी–२ लगायतका स्वरुपबाट संक्रमित विरामीहरुबाट ओमिक्रोनको उत्पति भएको आशंका गरिएको छ । कोरोनाको यस स्वरुपको अन्य सम्भावित श्रोत जनावर हुन् । बाघ, विरालो, कुकुरलगायतका जनावरहरुलाई समेत संक्रमण हुनसक्ने अनुसन्धानकर्ताहरुको दाबी छ ।

एक अन्तरार्ष्ट्रिय टिमले अमेरिकाको मुक्त क्षेत्र र बन्द क्षेत्रमा राखिएको सेतो पुच्छर भएका हरिणहरु ब्यापक संक्रमित भएको पत्ता लगाएको थियो, जसको हालसम्म पनि समीक्षा नभएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

त्यस्तै अध्ययनमा सार्स–सीओवी–२ को सुरुवाती तुलनामा डेल्टा स्वरुपका संक्रमितहरु अस्पताल भर्ना हुनुपर्ने खतरा बढी रहेको थियो । साथै डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन अझ बढी संक्रमक हुने अनुसन्धानकर्ताहरुको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.