तस्बिरमा हेर्नुहोस् : जिल्ला प्रहरी कार्यालय दार्चुलाको ७१औँ स्थापना दिवस 

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ। प्रहरी दिवस २०८३ को अवसरमा कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) गौरव महतको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पूर्वप्रहरी कर्मचारी, अमर प्रहरी परिवारका सदस्य, पत्रकार तथा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

स्थापना दिवसका अवसरमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै अमर प्रहरी परिवारका सदस्य र ज्येष्ठ प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो। त्यसैगरी, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विभिन्न कार्यक्रमसहित स्थापना दिवस मनाइएको उक्त कार्यक्रम प्रहरी सेवामा समर्पित प्रहरी कर्मचारीको योगदानको सम्मान तथा अमर प्रहरीको स्मरणमा केन्द्रित रहेको थियो।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.