दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा प्रथम ‘लिपुलेक कप–२०८३’ खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
आयोजकका अनुसार प्रतियोगिता २०८३ कार्तिक १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क १२ हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २१ हजार २२१ रुपैयाँ, द्वितीय हुने टिमले १ लाख ११ हजार १११ रुपैयाँ र तृतीय हुने टिमले ५१ हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत विधातर्फ पनि पुरस्कार प्रदान गरिनेछ।
उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) लाई १० हजार रुपैयाँ तथा बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट लिबेरो र बेस्ट सर्भरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
‘खेलकुदले जोड्छ, मित्रता बढाउँछ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय क्षेत्रमा भलिबल खेलको विकास, खेल प्रतिभाको पहिचान तथा खेलाडीबीच आपसी सद्भाव र मित्रता अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागिता तथा अन्य जानकारीका लागि नवराज धामीलाई ९७४८८७९५११ र बलदेव सिंह धामीलाई ९८६४६३३३४८ मा सम्पर्क गर्न सकिनेछ।
