कञ्चनपुर ।
नेपाली सेनामा करिब तीन दशक देशको सेवामा समर्पित भएका अवकाशप्राप्त कञ्चनपुर का तीन जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्। अवकाशपछि बाँकी जीवन विशुद्ध राजनीतिक यात्रामा समर्पित गर्ने उद्देश्यसहित उनीहरू रास्वपामा प्रवेश गरेका हुन्।
रास्वपामा आबद्ध हुनेहरूमा भीमदत्त नगरपालिका–८, तिलाचौरका पदम सिंह विष्ट (सुबेदार), गणेश सिंह खत्री (सेनानी) र हिक्मत सिंह थापा (हल्दार) रहेका छन्।
उनीहरूले रास्वपामै किन आबद्ध हुनुभयो भन्ने प्रश्नमा विगतका पुराना राजनीतिक दलहरूले देश र जनताको पक्षमा अपेक्षाअनुसार काम गर्न नसकेको धारणा व्यक्त गरे। साथै, वर्तमान सरकारले जनताको म्यान्डेटअनुसार सरकार गठन गरेपछि गरेका कामकारबाही उत्कृष्ट रहेको उनीहरूको भनाइ थियो।
पार्टी प्रवेश गरेका तीनै जनालाई रास्वपाका जिल्ला सभापति पदम विष्ट, नगर सभापति दिनेश भट्ट, वडा सभापति पुरन खत्रीलगायतले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।
देशको सुरक्षामा लामो समय योगदान दिएका उनीहरूको राजनीतिक प्रवेशले स्थानीय तहमा रास्वपाको संगठन विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
