दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले विजयादशमीको अवसरमा दुई दिन गाउँ बस सेवा पूर्ण रूपमा बन्द रहने जनाएको छ।
गाउँपालिकाको कार्यालयले असोज ३० गते जारी गरेको सूचनाअनुसार २०८३ साल कात्तिक ३ र ४ गते विजयादशमीको बिदा परेकाले दुई दिन गाउँ बस सेवा बन्द रहने भएको हो।
गाउँपालिकाले नियमित रूपमा गाउँ बस सेवा सञ्चालन गर्दै नागरिकलाई निरन्तर र प्रभावकारी सेवा प्रदान गर्दै आएको जनाएको छ। चाडपर्वको बिदाका कारण सेवा बन्द रहने भएकाले यात्रु तथा सेवाग्राहीलाई जानकारी गराउन सूचना प्रकाशित गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भागा डडाल बडालद्वारा जारी सूचनामार्फत सेवा बन्द रहने अवधिमा पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमायाचना गरेको छ।

