कञ्चनपुर २ मा देउवा पक्षीय काँग्रेस महाधिवेशन प्रतिनिधी क्षेत्रीय, प्रादेशिक पदाधिकारी निर्बिरोध 

कञ्चनपुर ।

नेपाली काँग्रेस(देउवा पक्ष) कञ्चनपुर निर्वाचन क्षेत्र २मा महाधिवेशन प्रतिनिधी निर्बिरोध निर्वाचित भएका छन ।

निर्वाचन समितिका अनुसार पवन नेपाली, बिमला सार्की, लाल बहादुर राना, कालिका कुमार चौधरी, मान बहादुर चौधरी, टेक बहादुर विष्ट, सुरेन्द्र बहादुर देउवा, चन्द्रकान्त भट्ट, यशोदा भट्ट, सरस्वती विष्ट, मनिस भट्ट, टेक पाण्डेय, बिस्ना शाह, विष्णू खडका, सुवर्ण प्रंशाद विष्ट, लाल ब. धामी सिद्धराज भट्ट, दिपक कुमार नोशी, कलावती बोहरा, तेज ब. ऐर, सिद्धराज जोशी, चिन्तामणी भट्ट, दल ब. बोहरा, दुर्गा प्रशाद भट्ट, मिन बहादुर सिह, दिल बहादुर देउवा, रमेश बहादुर खडका, भरत ब. रोकाया, डम्बरराज जोशी, धर्मा विष्ट, अनिता मडै, देवकी जोशी, टिकेश्वरी खडका रहेका छन । अहिले देउवा पक्षीय उक्त महाधिवेशन प्रतिनिधीमा जेनजी युवा, महिला, दलित, थारुदेखि नयाँ पुराना सबै नेता समेटिएका छन ।

महाधिवेशन प्रतिनिधीमा निर्बिरोध भएका काँगेस कञ्चनपुरका युवा नेता पवन नेपालीले सर्वसम्मत आधारमा छनौट भएका प्रतिनिधी सबैतिर समावेसी भएको बताए । यस्तै क्षेत्रीय सभापतिमा करन सिह ऐर, सचिव तोयराज पन्त, सुरेश रावल, सहसचिव नैनसिह मडै, रमेश प्रशाद भट्ट, क्षेत्र २(क) प्रादेशिक सभापति हरी ब.गैराल, उपसभापति बिर ब ऐर(बिनोद), देव बहादुर ओड, सचिव सुरज महता, राम चुनारा, सहसचिव चेत बहादुर रावल(चित्र), देवराज भट्ट र क्षेत्र २(ख) प्रादेशिक सभापति थानेश्वर प्रशाद भट्ट, उपसभापति अर्जुन सिह कठायत, परमानन्द पन्त, सचिम मदन सिह मडै, अम्बर बहादुर भण्डारी, सहसचिव हेमन्ती चौधरी, यशोदा जोशी रहेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.