एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सलाई पराजित गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिले कर्णालीलाई ३९ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाउदै १३७ रन बनाएको थियो ।

कर्णालीका लागि एनपीएल डेभ्यु गरेका डेभिड मिलरले अविजित ९३ रन बनाएपनि टिमलाई जित भने दिलाउन सकेनन् । मिलरले ५५ बल खेल्दै ७ छक्का र ५ चौकासहित ९३ रन बनाएका थिए । उनलाई कर्णालीका अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । कर्णालीका दिपक डुम्रेले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगगेलनले २ विकेट लिएका थिए भने हेमन्त धामी, अनिल खरेल, दिपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायाके र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सैफ जैबले ३५ रन बनाए भने विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३, थरिन्दु रत्नायकेले अविजित २२ रन बनाएका थिए ।

त्यसैगरी कर्णालीका बलर मार्क वाटले २ विकेट लिए भने नन्दन यादव, हुसैन तलत, पवन सराफ र सुर्य तामाङले एक एक विकेट लिएका थिए ।

यो जितले सुदूरपश्चिमलाई ठुलो राहत दिएको छ । सुदूरपश्चिमको ५ खेलमा ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णालीको भने ४ खेलमा ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.