महेन्द्रनगर वडा प्रहरी कार्यालयभित्रै कुटाकुट

कञ्चनपुर ।

कञ्चनपुरको महेन्द्रनगर वडा कार्यालय परिषरभित्र कुटाकुट भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर वडा प्रहरी कार्यालयभित्रै कुटाकुट भएको हो ।

आईतबार दिउँसोतिर दुई पक्षविच वडा कार्यालयभित्रै रहेको गोलघरमा एक आपसमा कुटाकुट भएको भिडियो सर्वत्र सार्वजनिक भएका छन । २६ कार्तिक बिहीबार भीमदत्त नगरपालिका ५बनगाँउमा दुई पक्षविच एक आपसमा वाद विवाद भएको थियो ।

रोशन लुहारले आफुमाथि कुटपिट भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यही निवेदन बारे प्रहरीले कार्यालयमा दुवै पक्षलाई बोलाएको थियो । वाद विवाद छलफलमै क्रममा दुवै पक्षविच थप असमझदारी बढेपछि कुटपिटमै परिणत भएको थियो । एक पटक वडा प्रहरी कार्यालय युद्धभूमि जस्तै परिणत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले उक्त कुटपिट कार्यालयभित्र नभई बाहिर रहेको दावि गरेका छन । प्रवक्ता रावतका अनुसार रोशन लुहारले आफुमाथि कुटपिट गरेको भन्दै राजेश लुहार, विशाल कोली बिरुद्ध निवेदन दिएका थिए । प्रहरीले कार्यालय परिष्रमै झै झगडा कुटपिट गर्ने दुवै पक्षका ६ जनालाई पक्राउ गरेकोछ । पहिलो वाद विवाद समाधान नहुँदै उनीहरुविच प्रहरी कार्यालयभित्रै कुटपिट भएपछि प्रहरीलाई नियन्त्रणमा लिएकाले उनीहरुमाथि के कार्बाही चलाउँछ भन्ने बारे धेरैले जिज्ञासा व्यक्त गरेका छन ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.