बिभिन्न माग राख्दै सामुदायिक विद्यालयका कर्मचारी तथा बालविकास शिक्षक प्रदर्शन गर्ने

अमर सिह धामी / दार्चुला – बिभिन्न  माग राख्दै शैल्यशिखर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा बाल विकास शिक्षकहरू र खरिदारहरु ले गोकुलेश्वरको खेल मैदानमा मँसिर २० गते प्रदर्शन गर्ने भएका छन ।

विद्यालयमा कार्यरत बिद्यालय कर्मचरीहरुले तोकीएको दरबन्दी, ६० वर्ष भन्दा माथिकालाई सेवासुविधा नपाउन्जेल सम्म नजाने, कार्यालय सहयोगिहरुले विद्यालय बन्द गर्ने लगायतका सेवा, सुविधा पाउनुपर्ने उनीहरूको माग छ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल शिक्षक र खरिदारहरुले  संयुक्त रूपमा गठन गरेको आन्दोलन परिचालन समितिले जब सम्म आफुहरुका मागहरु पुराहुँदैन त्यतिन्जेल सम्म अनसन बस्ने नेपाल विध्यार्थी सँघका अध्यक्ष श्याम सिह डागाले बताउनुभयो।

जिल्ला प्रशासन कार्यालयमा र शैल्यशिखर नगरपालिकामा समेत जानकारी गराएको नेपाल विध्यार्थी सँघका अध्यक्ष श्याम सिह डागाले जानकारि दिनुभयो ।

Leave A Reply

Your email address will not be published.