बैतडीको पञ्चेश्वरमा भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार १ लाख १० हजार

दार्चुला – बैतडीको पञ्चेश्वर गाउँपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ गते देखि ८ गते सम्म चौथो अध्यक्ष कप जिल्ला स्तरीय खुल्ला पुरुष अन्तरपालिका०भलिबल प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा जिल्लाभित्रका संघ सस्था र विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख १० हजार १ सय १ रुपैया, कप मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार ७५ हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र, तृतीय पुरुस्कार ५० हजार १ सय १ रुपैया कप, मेडल र प्रमाणपत्र राखिएको छ ।

यसैगरी सान्त्वना पुरुस्कार ३० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाद्धारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी र विभागीय खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् ।

टिमदर्ता ५ हजार १ सय रुपैया तोकिएको छ । पुस ३ गते ५ बजे भित्र टिम दर्ता गरिसक्नु पर्ने छ । उक्त प्रतियोगिता पञ्चेश्वर ३ को कुलाउमाविको खेलमैदानमा आयोजना हुने छ ।

Leave A Reply

Your email address will not be published.