पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना पुष्टि

दार्चुला – पछिल्लो २४ घण्टामा देशभर दुई सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार नौ सय ९४ जनाको नमुना परीक्षण गरेकोमा पीसीआर परीक्षणबाट दुई सय ५२ जना र एन्टिजेन परीक्षणबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकामा एक सय १८ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डौमा ८९, ललितपुरमा २० र भक्तपुरमा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय जना कोरोना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर पाँच हजार ६ सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण ६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.