हुनैनाथ माध्यमिक बिधालय कुणीको ४२ औँ बार्षिक उत्सवको उद्धघाटन

दिपक साउद दार्चुला – लेकम गाउपालिका २ कुणीमा अवस्थीत हुनैनाथ माध्ययिक विद्यालयको ४२ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रबार आज उद्धघाटन गरिएको छ । विद्यालयले एक औपचारीक कार्यक्रमका बिच बार्षिक उत्सव तथा अभिभावक दिवसको उद्धघाटन गरिएको बिधालयका प्रधानाध्यापक अम्बा दत्त जोशी ले जानकारी दिनुभयो ।

उक्त बिधालयका ब्यवस्थापन समिती अध्यक्षय तथा सुदुर पश्चीम बन तथा वाताबरण मन्त्री का स्वकीय सचिव राम दत्त जोशी (आरडी )को अध्यक्षता सुरु भएको कार्यक्रम को प्रमुख अतिथि लेकम गाउपालिका का अध्यक्षय प्रमानन्द जोशी रहनुभएको थियो। त्यस्तै विशिष्ट अतिथीमा लेकम गाउपालिका उपाध्यक्ष माधबि जोशी, लेकम गाउपालिका २ का वडा अध्यक्ष भवान सिह धामी, छिमेकी बिद्यालय हुनैनाथ माध्यमिक बिधालय रातामाटा का प्रधानाध्यापक श्याम राज जोशी रहनुभएको कार्यक्रममा अन्य बिभिन्न राजनैतिक दलका प्रतिनिधि,समाजसेवी एवं अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका राम दत्त जोशी (आरडी) ले आफुहरुले बिद्यालयको स्तरोन्नती र भौतिक संरचना निर्माणमा उल्लेख्य प्रगति गरेको बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रमानन्द जोशीले अवको शिक्षालाई प्रबृधियुक्त शिक्षामा परिणत गरी प्रतिस्पर्धा गर्दै जानु पर्ने जोड दिदै बिधालय को उत्तोर- उत्तर प्रगतीको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बिद्यालय प्रधानाध्यापक अम्बा दत्त जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जसमा कुल आय १ करोड ३४ लाख १० हजार ४ सय छत्तिस पैसा रहेको छ । भने व्बय तर्फ कुल १ करोड ८ लाख ३१ हजार नौ सय ७८ रुपया बयासी पैसा रहेको छ । यस्तै बैङ मौज्दात कुल २५ लाख ७८ हजार ४ सय छप्पन रुपया पैसठी पैसा रहेको बिधालयले जनाएको छ । दुईदिन सम्म चल्ने उक्त कार्यक्रममा भोली मात्र विभिन्न सांस्कृतिक कार्यक्रम लगायत विभिन्न बिधामा उत्कृष्ट बिधार्थीलाई पुरुस्कार बितरण गर्ने कार्यक्रम रहेको बिधालयका प्रधानाध्यापक जोशीले बतानुभयोे ।

Leave A Reply

Your email address will not be published.