प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेश ६ रनमा अलआउट

दार्चुला । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एकले कर्णाली प्रदेशलाई एक सय ६० रनले हराएको छ ।

धनगढीको फाप्ला मैदानमा प्रदेश एकले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ ओभरमा अलआउट हुँदै मात्रै ६ रन बनायो । उसका लागि ८ जना खेलाडीले खाता नै खोल्न सकेनन् । प्रदेश एकको लागि अलिशा खडियाले पाँच, संगीता राईले २ र सवनम राईले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकले रुवीना क्षेत्रीको ७६ र अप्सरी बेगमको ६१ रन मद्दतमा एक सय ६५ रन बनाएको थियो । अहिले वाग्मती र लुम्बिनी प्रदेश खेलिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.