गायक भानुभक्तले ढुङ्गा प्रहार गर्दा एक ब्यापारीको टाउकोमा गम्भीर चोट

दार्चुला – कन्चनपुरमा गायक भानुभक्त जोशीले ढुङ्गा प्रहार गर्दा शैल्यशिखर नगरपालिका वडा नम्वर ९ गोकुलेश्वरका ब्यापारी रुपेश साउद टाउकोमा गम्भीर चोट लागेको परिवारिक श्रोत ले जनाएको छ ।

शनिबार साझ महेन्द्रनगर स्थित बसपार्क नजिकैको चौलानी रेस्टुरेन्टमा गायक भानुभक्त जोशीले मदिरा सेवन गरेर साउद माथि ढुङ्गा प्रहार गरेका हुन् ।जोशीले रुपेश साउद बाट दुई बर्स अघि नगद १ लाख ७५ हजार रिण मागेका थिए । शनिबार साझ रुपेश साउद लाई पैसा लिन आउनु भनी जोशीले चौलानी रेस्टुरेन्टमा बोलाए पछि उक्त रेस्टुरेन्ट मा साउद पुग्दा गायक जोशीले मदिरा सेवन गरी चार पाच जना केटा लगाएर उनी माथी हमला गर्न खोजेका थिए।

एक्ला भएका साउद भाग्न खोज्दा जोशीले ढुङ्गा प्रहार गरी साउदको टाउकोमा गम्भीर चोट लागेको साउद का आफन्त ले बताएका छन। घाइते साउदको महाकाली अन्चल अस्पताल मा उपचार सम्भब नभए पछि उहालाई मायामेट्रो अस्पताल धनगढीमा रेफर गरिएको छ ।

उता भानुभक्त जोशीले आफुलाइ बन्द कोठामा लगेर मार्न खोजेको भनी आफ्नो फेसबुक स्टाटस मा लेखेका छन। जोशीले आफू भागेर बचेको र आफ्नो शरिर भरि चोट लागेको बताएका छन्। जोशीको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा उपाचार सम्भब नभए पछि हिजो रातिनै धनगढी रेफर गरेको थियो। अहिले धनगढीस्थित निसर्ग अस्पतालमा जोशीको उपचार भइरहेको छ ।

पटकपटक बिबादमा आइरहने कलाकार जोशी देउडा गीत गायन र डोटेली भाषाको हास्यव्यङग्य सिरियल बनाएर चर्चामा आएका थिए । भने यसअघि एकजना युवती सँगको आपत्तिजनक भिडियोका कारण समेत बदनाम भएका थिए ।

Leave A Reply

Your email address will not be published.