विद्यालय खोल्न हतार नगर्न अभिभावक महासङ्घको आग्रह

दार्चुला । अभिभावक महासङ्घले जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुनेमा जोड दिनुभएको हो ।

भौतिकरूपमा विद्यालय बन्द हुँदा पनि प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिँदै आएको र केही समय यसैगरी पठनपाठन गर्न सकिने उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.