Naya Sadar
Badar

बस र ट्रक ठोक्किँदा २० जना घाइते

Sadar Sano

दार्चुला – कैलालीमा बस र ट्रक एकापसमा ठोक्किएर २० जना घाइते भएका छन् । कैलालीको खानिडाडाँ नजिक गोताले भन्ने ठाउँमा बस र ट्रक ठोक्किँएको प्रहरीले जनाएको छ ।

Naya Mat patra

बझाङबाट धनगढी जाँदै गरेको ना ६ ख १९८२ नम्बरको बस र बुटवलबाट डडेल्धुरा आउँदै गरेको ना ६ ख २३६२ नम्बरको ट्रक एकआपसमा ठोक्किँएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाइएको र घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.