दार्चुला – टिभी टुडे एच डी का कार्यकारी अध्यक्ष जनक राज पन्तले कैलालीको गोदावरी नगरपालिका २ मा अवस्थीत सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयका बालबालिका हरूलाई खाद्यान तथा शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच टिभी टुडे एचडी टेलिभिजन का अध्यक्ष पन्तले बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको हो।

विद्यालयमा पठनपाठन गर्नको लागी बालबालिकाहरुलाई सहयोग पुग्ने हेतुले शैक्षिक र खाद्यान्न सामग्री वितरण गरेको उहाँ ले मालिकार्जुन खबर लाई बताउनु भयो। उहाँ ले बालबालिकाहरूका लागि आगामी दिनहरुमा पनि टिभि टुडे टेलिभिजन बाट सक्दो सहयोग गर्ने बताएका छ्न । यस विद्यालयमा अहीले सम्म सुदुरपश्चिका ९ वटै जिल्ला र हुम्ला, जुम्लाबाट पनि शारीरिक अपाङ्गता भएका हरु समेत पठनपाठन गर्दै आई रहेका विद्यालयकी शिक्षिका कुष्मा जोशीले बतानुभयो ।

अहिले सम्म उक्त विद्यालयमा ७५ जना बालबालिकाहरु पठनपाठन गरिरहेका छन। खाद्यान्न तथा शैक्षिक सामग्री वितरण कार्यक्रमा टिभी टुडे एचडी टेलिभिजनका अध्यक्ष जनकराज पन्त, उपाध्यक्ष दिप पन्त, निर्देशक नबिता फुयाल, लगायत टिभी टुडेका कर्मचारी तथा पत्रकारहरुको उपस्थीति रहेको थियो ।