कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद

कञ्चनपुर – कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका १० सडकघाटबाट भारत बाट नेपाल ल्याउँदै गरेका अवैध सामान बरामद गरेको हो।

३ लाख ५ हजार ४४० मुल्य बराबरका मोटर, जालि, थाल लगायत विभिन्न हार्डवयरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.