पाल्पामा मलामी चढेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

दार्चुला – बुटवलबाट गुल्मीको रिडी मलामी चढेर जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार बुटवलको रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी जान चढेका लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लगुवामा दुर्घटना भएको थियो ।

दुर्घटनामा ७ जनाको घटना स्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बसमा ४० जना सवार रहेको खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब ५० मिटर तल बस खसेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.